विश्वप्रकाशको प्रतिवेदन : गठबन्धनले बढायो थप रोष र आक्रोश
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा पार्टीको पराजयलाई नागरिक असन्तुष्टिको परिणाम मानेको छ।
- कांग्रेसले निर्वाचन परिणामलाई नागरिक असन्तुष्टिको तीन किस्ताको रूपमा व्याख्या गरेको छ।
- उपसभापति शर्माको प्रतिवेदन अनुसार, गठबन्धनको प्रयोगले नागरिकमा रोष र आक्रोश बढायो।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयलाई लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट भएको जनाएको छ ।
साथै कांग्रेसले निर्वाचन परिणामलाई नागरिकबाट तीन किस्तामा प्रकट भएको असन्तुष्टि भएको जनाएको हो ।
उपसभापति विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘फागुन २१ को निर्वाचनमा भएको पराजय सामान्यतया अप्रत्याशित बुझ्ने र बुझिने गरिए पनि वास्तविकतामा यो लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट थियो ।’
गठबन्धनले थप बढायो रोष र आक्रोश
उपसभापति शर्माको प्रतिवेदनमा तत्कालीन नेकपाको आन्तरिक द्वन्द्वका कारण विघटित भएको प्रतिनिधिसभा जोगाउन नेपाली कांग्रेसले अग्रसरता लिनु तत्कालीन राजनीतिको आवश्यकता र बाध्यता दुवै भएको उल्लेख छ।
‘तर संसद् र संविधान रक्षाका लागि बनेको गठबन्धन चुनाव जित्नका लागि पनि प्रयोग भएपछि त्यसले पार्टी पङ्क्तिमा गम्भीर असन्तुष्टि बीजारोपण गर्यो भने नागरिक पङ्क्तिमा ’गठबन्धन’ शब्द नै क्रमशः अलोकप्रिय बन्न पुग्यो’, प्रतिवेदनमा भनिएको छ, ‘नागरिकमा रोष र आक्रोशको आकार बढ्न/बढाउन यसले बल पुर्यायो।’
तीन किस्तामा प्रकट भएको असन्तुष्टि
कांग्रेसले फागुन २१ को निर्वाचनमा भएको पराजय सामान्यतया अप्रत्याशित बुझिने गरिए पनि वास्तविकतामा यो लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट रहेको जनाएको छ।
‘आजको सत्य बुझ्न नागरिकको असन्तुष्टि यसअघि तीन किस्तामा प्रकट भएको तथ्य केलाउन जरुरी छ’, कांग्रेसले भनेको छ, ‘पहिलो–०७९ को स्थानीय निर्वाचन, दोस्रो– ०७९ को सङ्घीय निर्वाचन ९स्थानीय चुनाव तेस्रो– भदौ २३ / २४ को जेनजी विद्रोह ।’
०७९ को स्थानीय निर्वाचनमा धरान, धनगढी र काठमाडौँमा स्वतन्त्र उम्मेदवारहरूको विजयले नागरिकको असन्तुष्टिलाई भोटमा बदल्न सकिन्छ भन्ने बलियो सङ्केत दिएकाले उक्त सङ्केत बुझेर नै स्थानीय निर्वाचन लगत्तै नयाँ दलको जन्म भएको कांग्रेसको विश्लेषण छ।
यति हुँदाहुँदै पनि दल, सरकार र नेतृत्व सबै रूपान्तरित हौँ भन्ने नागरिक सन्देश आत्मसात् गरेर रूपान्तरणको प्रारम्भ आफूहरूले नगरेको शर्माको प्रतिवेदनमा छ ।
‘तर दल, सरकार र नेतृत्व सबै रूपान्तरित हौ भन्ने नागरिक सन्देश आत्मसात् गरेर रूपान्तरणको प्रारम्भ हामीले गरेनौँ’, प्रतिवेदनमा भनिएको छ, ‘०७९ को सङ्घीय निर्वाचनपछि पनि हामीले बदलिन सुरु गरेनौँ, रूपान्तरण र परिमार्जनका प्रस्तावहरू पार्टीभित्र आए तर तिनलाई कि निषेध गरियो कि नजरअन्दाज । जेनजी विद्रोहमा असन्तुष्टिको ज्वाला विस्फोट भएपछि पनि हामीले ’आपत्कालीन स्थिति’ ठहर गर्दै पार्टीभित्र परिवर्तनको ढोका खोलेनौँ ।’
यसरी सुरुमा तीन/साढे तीन वर्ष अनि अन्तिममा सवा सय दिन खेर फालेर विशेष महाधिवेशन पछि बाँकी बचेको केवल ५० दिनमा परिणाम हाम्रो पक्षमा किन आएन भनेर गरिने प्रश्न खारेज योग्य भएको कांग्रेसले जनाएको छ । ‘यो प्रश्न सोझै खारेज योग्य छ’, कांग्रेसको समीक्षामा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण