कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित
सुर्खेत । कर्णाली प्रदेशसभामा शुक्रबार बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी सङ्कल्प प्रस्ताव पास भएको छ।
प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त सङकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । उक्त प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहनुभएको थियो । उक्त प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गरेका थिए।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि रु ४० लाख बजेट विनियोजन भएको बताउनुभयो । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिए।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको सङ्कल्प प्रस्ताव सर्वसहमतिले पास भएसँगै सङ्घीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण