कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी
सारांश
- कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
- शनिबार मन्दिरमा भजन गाउँदा भएको तोडफोडलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव भएको थियो।
- जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो।
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
उक्त आदेशको उल्लंघन गर्नेलाई नियनत्रणमा लिएर कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण