ब्राइटनको शानदार जितमा लिभरपुल पराजित
एजेन्सी । शनिबार साँझ सम्पन्न प्रिमियर लिगको रोमाञ्चक खेलमा ब्राइटनले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
यो जितसँगै ब्राइटनले लिग तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खेलको सुरुवातमै ड्यानी वेलब्याकले १४ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। तर, लिभरपुलका मिलोस कर्केजले ३० औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । पहिलो हाफमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
दोस्रो हाफमा ब्राइटनले थप सशक्त प्रदर्शन गर्यो । ड्यानी वेलब्याकले खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए । लिभरपुलले बराबरी गर्ने प्रयास गरे पनि ब्राइटनको रक्षापंक्ति र गोलकिपरले त्यसलाई विफल पारे ।
आजको खेलमा ब्राइटनले १६ सट प्रहार गरेको थियो । ६ सट टार्गेटमा थिए ।
हारपछि लिभरपुल ४९ अंकका साथ पाँचौँ स्थानमा छ भने ब्राइटन आठौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण