राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल
आइतबार, ०८ चैत २०८२, १५ : ३६
सारांश
- राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल भयो।
- अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको तयारीबारे छलफल भयो।
- बैठकमा कानुनमन्त्री, दलका नेता, प्रमुख सचेतक र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल भएको छ ।
अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरूको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण