नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने
सारांश
- नेपाली कांग्रेसले पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।
- केन्द्रीय कार्यसमिति बैठकले नयाँ नेतृत्व चयन, विधान संशोधन, र रणनीतिक योजना बनाउने निर्णय गरेको छ।
- पार्टीले निर्वाचन परिणामको समीक्षा गर्दै महाधिवेशनलाई पुनर्जागरणको अवसरको रूपमा लिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको तयारी थाल्ने महत्त्वपूर्ण निर्णय लिएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, सांगठनिक पुनर्संरचना र पार्टीको भावी रणनीति निर्धारण जस्ता महत्त्वपूर्ण कार्यहरू गरिने जानकारी दिए । उनले पार्टीको सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब महाधिवेशनकै सफलतामा केन्द्रित हुने बताए ।
प्रवक्ता चालिसेका अनुसार, बैठकले हालैका निर्वाचन परिणामहरूको आत्मसमीक्षा गर्दै यस महाधिवेशनलाई पार्टीमा पुनर्जागरण र पुनर्निर्माण ल्याउने एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।
यसैगरी, केन्द्रीय कार्यसमितिले पार्टीका सम्पूर्ण कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अनुशासित रहँदै पार्टी एकतालाई थप सुदृढ पार्न हार्दिक आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण