‘यानीमाया’मा फेरिए निर्देशक
सारांश
- फिल्म 'यानीमाया' का निर्देशक विकास सुवेदीको ठाउँमा ओम प्रतीक आएका छन्।
- अभिनेता पल शाहको निर्माण तथा मुख्य भूमिका रहने फिल्म गत वैशाख १ गते घोषणा भएको थियो।
- निर्देशक परिवर्तन भएसँगै फिल्मको कास्टिङमा पनि फेरबदल हुनसक्ने चर्चा सुरु भएको छ।
काठमाडौँ । फिल्म ‘यानीमाया’का निर्देशक परिवर्तन भएका छन् । फिल्मको घोषणा हुँदा निर्देशक रहेका विकास सुवेदीको ठाउँमा ओम प्रतीक भित्रिएका हुन् । सोमबार पलसँग कागजी सम्झौतापछि प्रतिकले फेसबुकमा तस्बिर पोस्ट गरेर ‘यानीमाया’ निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।
अभिनेता पल शाहको निर्माण तथा मुख्य भूमिका रहने फिल्म गत वैशाख १ गते घोषणा भएको थियो । घोषणा भएको एक वर्षसम्म पनि फिल्म सुटिङमा जान सकेको छैन । फिल्मको टोली गत साउन महिनामा छायाङ्कनका लागि बागलुङको ढोरपाटन समेत पुगेको थियो। तर, अन्तिम समयमा निर्माता र निर्देशक सुबेदीबिच उत्पन्न आन्तरिक मतभेदका कारण फिल्मको काम हुन सकेको थिए ।
निर्देशक प्रतीकले नै पल शाहलाई ‘मोहर’ जस्तो हिट फिल्म दिएका थिए । निर्देशक परिवर्तन भएसँगै फिल्मको कास्टिङमा पनि फेरबदल हुनसक्ने चर्चा सुरु भएको छ।
पल शाह फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा पलका साथै चन्द्रज्योति आले पनि निर्माताका रूपमा रहेकी छिन् । यसअघि आफ्नै कम्पनीबाट थुप्रै म्युजिक भिडियो निर्माण गरिसकेका पलले ‘यानीमाया’मार्फत फिल्म निर्माणमा देखिन लागेका हुन् । फिल्मको छायांकन छिट्टै हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण