टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा प्राधिकरणको डोजर
सारांश
- काठमाडौं उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकामा सार्वजनिक जग्गा खाली गरेको छ।
- अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर चलाइएको हो।
- सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाइएको र जनप्रतिनिधिको संलग्नताको चर्चा चलेको थियो।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकामा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ । टोखा नगरपालिकाको वडा नम्बर ७ स्थित दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनाहरूमा प्राधिकरणले डोजर चलाएको हो ।
प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयका अनुसार उक्त क्षेत्रमा करिब १० रोपनी जग्गा अतिक्रमण गरी टहराहरू निर्माण गरिएका थिए । ती संरचनाहरू हटाउन प्राधिकरणले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना भत्काइएको हो ।
रातोपाटीसँग कुरा गर्दै प्राधिकरणका एक अधिकारीले यो अतिक्रमण धेरै अगाडिदेखि नै रहेको र हटाउन लामो समयदेखि प्रयास भइरहेको बताए । उनका अनुसार प्राधिकरणले पछिल्लो पटक २०८२ साल असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरेको थियो । तर, स्थानीय तह र सम्बन्धित व्यक्तिहरूले उक्त सूचनाको बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरी बल प्रयोग गरिएको हो ।
प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाएर भाडा असुली धन्दा भइरहेको थियो । सार्वजनिक जग्गा व्यक्तिको लाभका लागि प्रयोग भएको पाइएपछि प्राधिकरणले कठोर कदम चालेको हो ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बुझिएको छ । केही सञ्चारमाध्यम र उजुरीहरूमा वडा नम्बर ७ का जनप्रतिनिधिको समेत संलग्नता रहेको चर्चा चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण