पश्चिम एसियाको युद्ध भारतका लागि ‘अभूतपूर्व चुनौती’
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियामा जारी युद्ध भारतका लागि चुनौती भएको बताए।
- उनले युद्धले विश्व अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको र भारतमा आर्थिक चुनौती थपेको बताए।
- मोदीले युद्ध प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको सुरक्षाको लागि सरकारले काम गरिरहेको जानकारी दिए।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियामा जारी युद्ध भारतका लागि अभूतपूर्व चुनौती भएको बताएका छन् । सोमबार भारतीय तल्लो सदन लोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पश्चिम एसियाको वर्तमान अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरे ।
तीन हप्ताभन्दा लामो समयदेखि जारी यस द्वन्द्वले विश्व अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको उनको भनाइ छ। प्रधानमन्त्री मोदीले भने, ‘यस युद्धले भारतका अगाडि आर्थिक, राष्ट्रिय सुरक्षा र मानवीय क्षेत्रमा नयाँ र अप्रत्याशित चुनौतीहरू थपेको छ।’ उनले यस संकटले विश्वव्यापी आपूर्ति प्रणाली र अर्थतन्त्रमा समेत धक्का पुर्याएको बताए ।
युद्ध प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको सुरक्षाका बारेमा जानकारी दिँदै मोदीले त्यहाँका भारतीय नियोगहरू (मिसन) पर्यटक र स्थानीय बासिन्दाहरूसँग २४सै घण्टा सम्पर्कमा रहेर सहयोग गरिरहेको बताए ।
उनले युद्ध सुरु भएयता हालसम्म ३ लाख ७५ हजार भारतीय नागरिकहरू सुरक्षित रूपमा स्वदेश फर्किसकेको समेत जानकारी गराए । भारत सरकारले द्वन्द्वका कारण उत्पन्न हुन सक्ने सुरक्षा र आर्थिक जोखिमलाई नजिकबाट नियालिरहेको समेत उनले सदनलाई जानकारी गराएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण