प्रधानमन्त्री कप क्रिकेट : हेमन्त चम्किँदा सुदूरपश्चिमको जित
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो।
- कर्णालीले प्रस्तुत गरेको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
- सुदूरपश्चिमका हेमन्त धामीले घातक बलिङ गर्दै ६ विकेट लिए, भने किरण ठगुन्नाले २६ रन बनाए।
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको छैटौँ खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । सोमबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।
टोलीका लागि किरण ठगुन्नाले ४६ बलमा सर्वाधिक २६ रनको योगदान दिए । उनले यसक्रममा ३ चौका प्रहार गरे । त्यस्तै, खडक बोहराले ३९ बलमा २३ रन जोडे । उनले १ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर मिलन बोहोराले २७ बलमा १८ जोड्दै टोलीलाई जितसम्म डोर्याए । कप्तान शेर मल्लले ११ बलमा १० रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३२ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । कर्णालीलाई सस्तोमा समेट्न हेमन्त धामीले घातक बलिङ गर्दै ६ विकेट लिए । उनले ७ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १६ रन खर्चिएका थिए ।
कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ६१ बलको सामना गर्दै ३ चौका प्रहार गरे । यसैगरी, सुनिल धमलाले ३१ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का हिर्काए ।
अर्विन घर्तीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिम प्रदेशका लागि कप्तान शेर मल्ल, नारायाण जोशी, अशोक धामी र मिलन बोहोराले १–१ विकेट लिए ।
जितसँगै सुदूरपश्चिम प्रदेशले पहिलो खेलबाट नै २ अंक जोड्न सफल भएको छ । यता, कर्णालीले भने दुई खेलबाट १ अंक बटुलेको छ । टोलीको पहिलो खेल बिना नतिजा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण