सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसी धनुस सहकारी ठगी आरोपमा समातिए
सारांश
- सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसी पोखराको धनुस सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।
- जैसीले ८२ लाख रकम अपचलन गरेको आरोप छ, भने सहकारीको १२ करोड ५६ लाख अपचलन भएको वित्तीय विश्लेषणले देखाएको छ।
- इन्जिनियर असीम बराल र सिर्जना गुरुङले ३ करोड १७ लाख हिनामिना गरेको पाइएको छ, उनीहरू अमेरिका र फ्रान्स पलायन भइसकेका छन्।
पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसी आफै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की ३ की उम्मेदवार विना गुरुङलाई उनले बच्चाको स्कुलको विल बुझाएका थिए ।
रास्वपा सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेर पीडितले फिर्ता नपाएको गुनासो गर्दै उनले रकम फिर्ताका लागि दबाब दिएका हुन् ।
उनै जैसी पोखराकै धनुस सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । उनले ८२ लाख रकम अपचलन गरेको आरोप छ ।प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको छैन । स्रोतका अनुसार, उनी पक्राउ परिसकेका छन् । यद्यपि, म्याद थप हुन बाँकी छ ।
सहकारीको १२ करोड ५६ लाख अपचलन भएको वित्तीय विश्लेषण प्रतिवेदनले देखाएको छ । त्यसमा १३ जनालाई प्रतिवादी देखाइएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार, प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई पठाइएको छ । सहकारीको रकम हिनामिना गर्नेमा पदाधिकारी र व्यवस्थापकहरूको मुख्य भूमिका देखिएको छ । साबिक साइनो सहकारीतर्फका सञ्चालकहरू बढी दोषी देखिएका छन् ।
इन्जिनियर असीम बराल र सिर्जना गुरुङले मिलेमतोमा ३ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
उनीहरूले सहकारीमा नभएका व्यक्तिहरूको कृत्रिम नाम राखेर रकम निकालेको स्रोतको दाबी छ । ‘असीम बराल र सिर्जना गुरुङले सबैभन्दा बढी रकम हिनामिना गरेका छन् । उनीहरूको मात्रै ३ करोड १७ लाख हिनामिना देखिएको छ,’ स्रोतले भन्यो, ‘हाल सिर्जना गुरुङ अमेरिका, असीम बराल इन्जिनियर चाहिँ फ्रान्सतिर पलायन भइसकेका छन् ।’
जैसीले आर्टिफिसियल बचतहरू जम्मा गरेर मिटर ब्याजको लेनदेनमा रकम परिचालन गरेको आरोप छ । सहकारीका दुई व्यवस्थापकहरू विराज सुवेदी र जगत पौडेलले पनि ठुलो रकम हिनामिना गरेका छन्।
विराजले २ करोड २५ लाख र जगतले १ करोड २५ लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको देखिएको छ । प्रहरीले प्रतिवादीहरू खोजी तीव्र पारेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण