भोलिदेखि लगातार ३ दिन उच्च पदस्थ अधिकारीको शपथ
सारांश
- चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले शपथ लिने कार्यक्रम तय भएको छ।
- बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्जुननरसिंह केसीलाई शपथ दिलाउने कार्यक्रम छ ।
- चैत १२ गते सांसदहरूले र १३ गते प्रधानमन्त्रीले शपथ लिनेछन्।
काठमाडौँ । भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा फागुन २१ गते सम्म प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ सांसद मध्यका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम तय भएको छ । उनको शपथ बिहान सवा ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण