उपराष्ट्रपति यादव र तीन प्रदेशका प्रमुखहरूबिच भेटवार्ता
मङ्गलबार, १० चैत २०८२, १६ : १४
सारांश
- उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग तीन प्रदेशका प्रमुखहरूको सामूहिक भेटघाट भयो।
- भेटमा देशको राजनीतिक अवस्था र समसामयिक विषयहरूमा छलफल केन्द्रित थियो।
- प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको वस्तुस्थिति र गतिविधिबारे जानकारी गराए।
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग तीनवटा प्रदेशका प्रमुखहरूले मङ्गलबार सामूहिक शिष्टाचार भेट गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ सहभागी थिए।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच देशको वर्तमान राजनीतिक परिस्थिति तथा पछिल्लो समय विकसित समसामयिक विषयहरूमा केन्द्रित रहेर महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रदेश र केन्द्रबिचको समन्वय तथा शासकीय सुदृढीकरणका विषयमा पनि उनीहरूबिच अनौपचारिक संवाद भएको छ।
प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे उपराष्ट्रपतिलाई जानकारी गराएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण