मेटालाई ३७५ मिलियन डलर जरिवाना : फेसबुक र इन्स्टाग्रामले बालबालिकाको सुरक्षामा खेलवाड गरेको अदालतको ठहर
सारांश
- न्यु मेक्सिकोको अदालतले बालबालिकाको सुरक्षामा ध्यान नदिएको भन्दै मेटालाई ३७५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ।
- महान्यायाधिवक्ताले मेटाले मुनाफालाई प्राथमिकता दिएको आरोप लगाएका थिए, जसलाई अदालतले स्वीकार गर्यो।
- मेटाले फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने घोषणा गरेको छ, भने कम्पनीले प्लेटफर्म सुरक्षित राख्न पहल गरिरहेको जनाएको छ।
न्यु मेक्सिको । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाविरुद्ध अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले ऐतिहासिक फैसला सुनाएको छ। प्रयोगकर्ताहरूलाई सुरक्षाका विषयमा भ्रममा पारेको र बालबालिकाको यौन शोषण रोक्न असफल भएको ठहर गर्दै अदालतले मेटालाई ३७५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो।
न्यु मेक्सिकोका महान्यायाधिवक्ता राहुल टोरेजले मेटाले बालबालिकाको सुरक्षाभन्दा मुनाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। जुरीले छलफलपछि मेटाले उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको निष्कर्ष निकालेको हो।
महान्यायाधिवक्ता टोरेजले यस जितलाई हरेक बालबालिका र परिवारको ऐतिहासिक विजयका रूपमा व्याख्या गरेका छन्। उनले अदालतको यो निर्णयले कुनै पनि कम्पनी कानुनभन्दा माथि नरहेको प्रमाणित गरेको बताए। ६ हप्तासम्म चलेको बहसका क्रममा राज्यका तर्फबाट वकालत गर्ने वकिलहरूले मेटाले एक दशकदेखि इमानदार र पारदर्शी रूपमा काम गर्न असफल भएको र युवा पुस्तालाई जोगाउन कुनै ठोस कदम नचालेको आरोप लगाएका थिए।
अदालतको यो फैसलाप्रति मेटाले असहमति जनाउँदै पुनरावेदन गर्ने घोषणा गरेको छ। मेटाका प्रवक्ताले कम्पनीले आफ्ना प्लेटफर्महरू सुरक्षित राख्न कडा मिहिनेत गरिरहेको र हानिकारक सामग्री हटाउन सधैँ सक्रिय रहेको दाबी गरेका छन्। मेटाका वकिलहरूले कम्पनीले जानाजानी जनतासँग झूट नबोलेको र सुरक्षाका लागि पर्याप्त संयन्त्रहरू परिचालन गरेको जिकिर गरेका थिए।
यो मुद्दाको दोस्रो चरणको सुनुवाइ मे महिनामा हुनेछ। जसमा महान्यायाधिवक्ताको कार्यालयले मेटाका प्लेटफर्महरूमा बालबालिकाको सुरक्षाका लागि अनिवार्य परिवर्तन गर्न र थप आर्थिक जरिवाना गराउन अदालतसँग माग गर्नेछ। यसअघि राज्यले २ बिलियन डलरभन्दा बढी क्षतिपूर्तिको माग गरेको थियो।
मेटाले अहिले अमेरिकाभर हजारौँ यस्ता मुद्दाहरूको सामना गरिरहेको छ, जसमा सामाजिक सञ्जालको लतले युवाहरूको मानसिक स्वास्थ्यमा संकट निम्त्याएको आरोप लगाइएको छ।
सन् २०२१ मा एक ह्विसलब्लोअरले कङ्ग्रेसमा दिएको बयानपछि मेटाको सुरक्षा संयन्त्रमाथि विश्वभर प्रश्न उठ्न थालेको हो। न्यु मेक्सिकोको यो फैसलाले अन्य राज्यहरूमा चलिरहेका मुद्दाहरूमा पनि ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण