'कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक' पारित
बुधबार, ११ चैत २०८२, ०८ : २४
सारांश
- कर्णाली प्रदेश सरकारले 'कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक' पारित गर्यो।
- विधेयक पारित भएसँगै, कर्णालीको लोक साहित्य र संस्कृतिको विकासमा सहयोग पुग्नेछ।
- अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउनेछ।
सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक' पारित भएको छ। मङ्गलवार साँझ बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।
यो विधेयक बनेसँगै कर्णालीको लाेक साहित्य, संस्कृति, पुरातत्त्व, लोकवार्ता, ललितकलाको विकास टेवा पुग्ने अपेक्षा गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए।
'सम्पदा र संस्कृतिको जननी ज्वाला, सिंजा र कर्णाली सभ्यताको केन्द्र हो यो क्षेत्र,' उनले भने, 'यो विधेयकले यसमा ठुलो भूमिका निर्वाह गर्ने छ ।'
अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा जारी भई कार्यन्वयनमा आउने छ। ऐन मार्फत कर्णाली प्रदेशमा प्रज्ञा सम्बन्धी गतिविधिहरू सञ्चालन हुनेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण