इराकमा भएको आक्रमणमा ७ जना सुरक्षाकर्मीको मृत्यु
इराक । पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको अधिकाशं भागमा फैलिएको छ ।
इरान समर्थक सशस्त्र समूहहरूले अमेरिकी संरचनामा भएका आक्रमणहरूको जिम्मेवारी लिइसकेका छन् । रक्षा मन्त्रालयले अनबर प्रान्तको आधारमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको हुनुका साथै अन्य १३ जना घाइते भएको बताएको छ ।
आक्रमणले आधारको सैन्य स्वास्थ्य क्लिनिकलाई पनि लक्षित गरेको मन्त्रालयले पुष्टि गरेको छ । सुरक्षा अधिकारीलाई उदृत गर्दै एएफपीले मृत्यु हुनेहरु मध्ये एक सैन्य डाक्टर पनि रहेको जनाएको छ ।
यसअघि इराकको आधार शिविरमा मङ्गलबार भएको आक्रमणमा एक कमान्डरसहित १५ जना पिएमएफ लडाकु मारिएका थिए । पेन्टागनले वर्तमान द्वन्द्वको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध लडाकू हेलिकप्टरहरूले आक्रमण गरेको स्वीकार गरेको छ ।
बगदादले विदेशी सैनिक र कूटनीतिक मिसनहरूलाई लक्षित आक्रमणका साथै पिएमएफका स्थानहरू विरुद्ध आक्रमणको निन्दा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण