पोखराको धनुष सहकारीका पीडितलाई उजुरी गर्न प्रहरीको आह्वान
सारांश
- पोखराको धनुष सहकारीको रकम हिनामिना घटनामा पीडितलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ।
- सहकारी सञ्चालक र पदाधिकारीले रकम हिनामिना गरेको प्रतिवेदन आएपछि चैत २५ गतेभित्र सम्पर्क राख्न सूचना जारी गरियो।
- प्रहरीले हालसम्म ३ जनालाई पक्राउ गरेको छ र पीडित बचतकर्तालाई प्रमाणसहित रकम दाबी गर्न बोलाएको छ।
पोखरा । पोखराको धनुष सहकारीको रकम अपचलन घटना सार्वजनिक भएसँगै पीडितहरूलाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आह्वान गरेको छ । सहकारीका सञ्चालक र पदाधिकारीले निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको प्रतिवेदन पाएपछि प्रहरीले चैत २५ गतेभित्र कार्यालयमा सम्पर्क राख्न सूचना निकालेको हो ।
पोखरा ९ सामसुङ गल्लीमा सञ्चालित सहकारीका व्यवस्थापक र विभिन्न समयमा रहेका सञ्चालक समिति सदस्यले निक्षेपकर्ताको रकम फिर्ता नगरेको वित्तीय विश्लेषण प्रतिवेदनले देखाएको छ । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले चैत ८ गते कागजात र पत्र प्रहरीमा पठाएको थियो ।
मुद्दा दर्ता भएसँगै केही व्यक्तिहरू नियन्त्रणमा परेका छन् । योसँगै प्रहरीले पीडित बचतकर्तालाई आफ्नो रकम दाबी गर्न प्रमाणसहित बोलाएको छ । ‘सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयर धनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट वा मुद्दती प्रमाणपत्र लिएर आउनु पर्नेछ’, जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै पीडितले आफ्नो परिचय खुल्ने नागरिकताको फोटोकपीसहित सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त पेस गर्नुपर्ने छ । यस्तै, सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रहरीमा सम्पर्क गर्न निर्देशन दिइएको छ । धनुष बचत तथा ऋण सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमितिका सदस्य कृष्णबहादुर जैसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण