नासाद्वारा नयाँ मङ्गल मिसन घोषणा
सारांश
- नासाले मङ्गल ग्रहमा नयाँ मिसन र चन्द्रमामा स्थायी आधार निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
- आगामी सात वर्षमा २० अर्ब डलर खर्च गरी दर्जनौँ मिसनमार्फत चन्द्र आधार निर्माण गर्ने योजना छ।
- नासाले आणविक ऊर्जामा आधारित मङ्गल यान २०२८ सम्म प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाले मङ्गल ग्रहमा नयाँ मिसन सुरु गर्ने घोषणा गर्दै अन्तरिक्ष अन्वेषणमा महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । यससँगै चन्द्रमामा स्थायी आधार (मून बेस) निर्माण गर्ने विस्तृत कार्ययोजना र समय सीमा पनि पहिलो पटक सार्वजनिक गरिएको छ ।
नासा प्रमुख जारेड आइज्याकम्यानले इग्निशन नामक कार्यक्रममा बोल्दै आगामी सात वर्षमा करिब २० अर्ब डलर खर्च गरेर दर्जनौँ मिसनमार्फत चन्द्र आधार निर्माण गरिने बताए ।
“चन्द्र आधार एकैचोटि तयार हुँदैन, यसलाई चरणबद्ध रूपमा विकास गरिनेछ,” उनले भने । नासाले लामो समयदेखि चन्द्रमामा स्थायी बसोबासको योजना बनाउँदै आएको भए पनि पहिलोपटक स्पष्ट रोडम्याप र समय सीमा सार्वजनिक गरेको छ ।
यसैबिच,नयाँ योजनाअन्तर्गत नासाले आणविक ऊर्जामा आधारित मङ्गल यान विकास गर्ने घोषणा गरेको छ, जसलाई सन् २०२८ सम्म प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा यस्तो समय सीमा निकै तीव्र मानिन्छ ।
आइज्याकम्यानले नासाको वैज्ञानिक तथा मानव अन्तरिक्ष उडान कार्यक्रमलाई थप तीव्रता दिने उद्देश्यसहित यी योजनाहरू अघि सारेका हुन् । तर यी परियोजनाका लागि आवश्यक बजेट कहाँबाट आउने भन्ने विषय अझै स्पष्ट छैन ।
२० अर्ब डलरमध्ये कति रकम अन्य परियोजनाबाट सारिने र कति नयाँ स्रोतबाट जुटाइने भन्नेबारे पनि ठोस जानकारी सार्वजनिक गरिएको छैन । विश्लेषकहरूका अनुसार यी योजनाले नासाको दीर्घकालीन अन्तरिक्ष रणनीतिमा ठुलो परिवर्तन ल्याउने सङ्केत दिएको छ, तर कार्यान्वयनमा चुनौतीहरू पनि उत्तिकै रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण