भैरहवामा क्यासिनोमा जुवा खेल्दाखेल्दै १ जना पक्राउ
सारांश
- भैरहवास्थित एसियन बुद्ध क्यासिनोमा जुवा खेलिरहेका एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३६ वर्षीय रोलबहादुर श्रेष्ठ रहेका छन्, उनलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
- प्रहरीले श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेको छ र ५ दिनको म्याद थप गरिएको छ।
बुटवल । रुपन्देहीको भैरहवास्थित एसियन बुद्धमा सञ्चालित क्यासिनोमा जुवा खेल्दै गर्दा एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुपाल्चोकका ३६ वर्षीय रोलबहादुर श्रेष्ठ क्यासिनोभित्र जुवा खेल्दै गर्दा पक्राउ परेका हुन्।
क्यासिनोसम्बन्धी प्रचलित नियमअनुसार नेपाली नागरिकलाई प्रवेश तथा जुवा खेल्न प्रतिबन्ध भए पनि उनी पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेको छ।
उनलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी जनक शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार श्रेष्ठले सुरुमा भारतीय परिचयपत्र प्रयोग गरी क्यासिनो प्रवेश गरेका थिए। तर उनको मोबाइल जाँच गर्दा नेपाली नागरिकता फेला परेपछि कानुनी कारबाही अघि बढाइएको हो।
भैरहवामा करिब १० वटा क्यासिनो सञ्चालनमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण