‘सरकार होइन, नागरिक नबदलिँदासम्म देश बदलिँदैन’
सारांश
- अभिनेत्री प्रियंका कार्कीले नागरिकको प्रवृत्तिमाथि प्रश्न उठाउँदै देश बदल्न नागरिक आफैँ बदलिनुपर्ने बताइन्।
- उनले नागरिकको दैनिक जीवनका गल्ती र त्यसले देश विकासमा पार्ने असरबारे प्रकाश पारिन्, जसले गर्दा देश अघि बढ्न सकेको छैन।
- उनले देश परिवर्तनको जिम्मेवारी तीन करोड नेपालीको भएको र नागरिकले इमानदारिता देखाउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । पछिल्लो समय देशमा नयाँ सरकार र नयाँ नेतृत्वसँगै नयाँ नेपालको सपना र आशा जोडतोडले उठिरहेको बेला अभिनेत्री प्रियङ्का कार्कीले भने नागरिकको प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उनले सरकार वा नेतृत्व मात्रै बदलिँदैमा देश नबदलिने सत्यलाई ओकल्दै पहिले नागरिक आफैँ बदलिनुपर्ने कुरामा जोड दिएकी हुन्।
आम नागरिकले दैनिक जीवनमा गर्ने साना गल्ती तर देश विकासमा त्यसले पार्ने ठुलो असरबारे प्रियंकाले प्रस्ट्याएकी छन् । हामी एकातिर देश किन अघि बढेन भनेर प्रश्न गर्छौं भने अर्कोतिर आफैँ ट्राफिक नियम तोड्ने, आफ्नो काम छिटो गराउन भनसुन वा सोर्सफोर्स लगाउने र जस्तोसुकै अवसरमा पनि ‘सर्टकट’ अपनाउने प्रवृत्ति हाबी भएको उनले औँल्याएकी छन्। यस्तो दोहोरो चरित्र देखाएर देश बनेन भनी गुनासो गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ।
अब प्रश्न सरकार वा नेतालाई मात्र गरेर नहुने भन्दै प्रियंकाले यो प्रश्न हरेक नागरिकले आफैँलाई सोध्नुपर्ने बेला आएको बताएकी छन्। हामी साँच्चिकै इमानदार हुन तयार छौँ कि छैनौँ, अनुशासनमा बस्न सक्छौँ कि सक्दैनौँ र देशलाई माया गर्ने कुरा केवल गफमा मात्र नभई व्यवहारमै देखाउन तयार छौँ कि छैनौँ भन्दै उनले आम मानिसको मानसिकतामाथि झकझकाउने प्रयास गरेकी छन्।
देशलाई व्यवस्थित, स्वच्छ र बलियो बनाउने सूत्र कुनै ठुलो राजनीतिक भाषणमा नभई नागरिकको दैनिक आचरणमा लुकेको प्रियंकाको निष्कर्ष छ। उनले नागरिकले नियम मान्दा देश स्वतः व्यवस्थित हुने, इमानदारी रोज्दा स्वतः स्वच्छ हुने र जिम्मेवारी बोक्दा देश स्वतः बलियो हुने यथार्थलाई प्रस्तुत गरेकी छन्। देश परिवर्तन गर्ने जिम्मा कुनै एउटा नेता वा सरकारको मात्र नभई तीन करोड नेपालीको संयुक्त जिम्मेवारी भएको उनले उल्लेख गरेकी छन्।
कुनै पनि देशको सरकार बलियो बन्नुअघि त्यहाँका जनता इमानदार हुनुपर्ने उनको तर्क छ। नागरिकले आफैँलाई बदल्ने साहस गरे मात्रै देशले पनि सही दिशा पाउने भन्दै प्रियंकाले आफू देशका लागि बदलिन कति तयार छु भनेर आफैँलाई प्रश्न गरेकी छन्। सरकारलाई गाली गरेर मात्रै बस्ने तर आफ्नो आचरण नसुधार्ने परिपाटीलाई लक्षित गर्दै उनले पोस्टको अन्त्यमा सबैलाई सोधेकी छन् । तपाईं कत्तिको तयार हुनुहुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण