भियतनामले गर्यो पेट्रोलियम कर स्थगित
शुक्रबार, १३ चैत २०८२, ११ : ०६
सारांश
- भियतनामले पेट्रोलियम पदार्थमा लाग्ने कर अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धिका कारण घरेलु बजारमा परेको दबाब कम गर्न यो कदम चालिएको हो।
- यो कर छुट अप्रिल १५ सम्म लागू हुनेछ र उपभोक्ता र उद्योगलाई राहत दिने लक्ष्य राखिएको छ।
हनोई । भियतनामले पेट्रोलियम पदार्थमा लाग्ने कर अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य वृद्धिका कारण घरेलु बजारमा परेको दबाब कम गर्न यस्तो कदम चालिएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भियतनामको अर्थ मन्त्रालयले पेट्रोल, डिजेल र जेट इन्धनमा लाग्ने वातावरण संरक्षण कर तथा विशेष उपभोग कर हटाउने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त कर छुट अप्रिल १५ सम्म लागू रहनेछ । इरानमा जारी अमेरिका–इजरायली युद्धका कारण विश्व बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएपछि भियतनामजस्ता आयातमा निर्भर देशहरूमा महँगीको दबाब बढेको छ ।
यस्तो अवस्थामा उपभोक्ता र उद्योगलाई राहत दिन सरकारले कर हटाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण