सरकारले चालेको कदम नेपालको कानुन र अपराधशास्त्रसँग मेल खाँदैन : अग्नि खरेल
सारांश
- केपी शर्मा ओली पक्राउ परे पछि एमाले नेता अग्नि खरेलले सरकारको कदम गैरकानुनी भने।
- खरेलले कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर सरकारले गलत कदम चालेको आरोप लगाए।
- एमालेले सरकारको कदमविरुद्ध कानुनी र सडक दुवै मोर्चाबाट प्रतिकार गर्ने बताएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सरकारको कदम पूर्ण रूपमा गैरकानुनी र प्रतिशोधपूर्ण भएको बताएका छन्।
पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै खरेलले सरकारले चालेको कदम नेपालको कानुन र अपराधशास्त्रसँग मेल नखाने भन्दै कडा आपत्ति जनाएका हुन्।
खरेलले कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर सरकारले टेक्न नै नपर्ने ठाउँमा टेकेर कारबाही अगाडि बढाएको दाबी गरे। उनले पक्राउको शैली बिल्कुल गैरकानुनी, प्रतिशोधी र एकलकाँटे भएको उल्लेख गर्दै यसलाई निन्दनीय कार्यको संज्ञा दिए।
अध्यक्ष ओली स्वयंले पनि यस कदमविरुद्ध कानुनी प्रतिरक्षा गर्न आफू तयार रहेको र कानुनी लडाइँ लड्ने सन्देश दिएको खरेलले जानकारी दिए। यस विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको र छिट्टै एमालेले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउने उनले प्रस्ट पारे।
सरकारको यो कदमविरुद्ध पार्टी कसरी अगाडि बढ्छ भन्ने पत्रकारको प्रश्नमा खरेलले एमाले सबै खालका लडाइँमा अगाडि जाने चेतावनी दिए। सरकारले गलत ढंगले कदम चालेकाले अदालत र सडक दुवै मोर्चाबाट प्रतिकार हुने उनको भनाइ छ। ‘सडक पनि तात्छ भनेर बुझ्दा हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा खरेलले ‘त्यसबाट जे बुझ्नुहुन्छ, त्यही बुझ्नुस्’ भन्दै आवश्यकताअनुसार सडक आन्दोलनमा जाने स्पष्ट संकेत गरे।
यद्यपि, तत्कालका लागि भने एमाले कानुनी लडाइँकै बाटोबाट अघि बढ्ने उनले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण