अपडेट
केपी ओली शिक्षण अस्पतालमा भर्ना
शनिबार, १४ चैत २०८२, १० : ३१
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन्।
- शनिबार बिहान पक्राउ परे लगत्तै उनलाई अस्पताल लगिएको थियो।
- उनी मिर्गौला प्रत्यारोपणका बिरामी हुन्, र आवश्यक परीक्षणका लागि भर्ना गरिएको हो।
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई उक्त अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले चिकित्सकको सुझाव अनुसार ओलीलाई अस्पताल भर्ना गरिएको हो ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । ‘आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि भर्ना गरिएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण