खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
सारांश
- शनिबार बूढानीलकण्ठ-शिवपुरी ट्रेल रेसमा मिलन राई र सुनसरी रोकाया प्रथम भए।
- १५ किलोमिटरको दौडमा मिलनले पुरुष तथा सुनसरीले महिलातर्फको प्रतिस्पर्धा जिते।
- प्रतियोगितामा दुवै समूहका शीर्ष तीन स्थान हासिल गर्नेलाई नगद पुरस्कार प्रदान गरियो।
काठमाडौँ । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठरशिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ घण्टा ३६ मिनेट ०४ सेकेन्ड) दोस्रो तथा करण रावल (१ घण्टा ३६ मिनेट ४६ सेकेन्ड) तेस्रो भए । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौँ स्थानमा रहे ।
सुनसरीले निर्धारित दूरी तय गर्न १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड समय खर्चिन् । राज्यलक्ष्मी रावल (२ घण्टा ०२ मिनेट ०७ सेकेन्ड) दोस्रो तथा गीता नेपाली- २ घण्टा १० मिनेट २२ सेकेन्ड) तेस्रो बने । आश्मा विकले चौथो तथा मञ्जु सुनुवारले पाँचौँ स्थानमा दौड टुङ्गाए ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । दुवै समूहमा चौथो र पाँचौँ स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई आयोजक वडा ३ का अध्यक्ष आकाश धिताल, ओलम्पियन धाविका सन्तोषी श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।
दौडमा २ सय ४० को सहभागिता रहेको प्रतियोगिता संयोजक समेत रहेका वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । बूढानीलकण्ठ मन्दिर परिसरबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी बूढानीलकण्ठ मन्दिर परिसरमै आएर टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण