मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुशासन मार्गचित्र- २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

आइतबार, १५ चैत २०८२, १५ : १५
आइतबार, १५ चैत २०८२

सारांश

  • प्रधानमन्त्री कार्यालयले सुशासन मार्गचित्र २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।
  • गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा शासकीय सुधारका विषयहरू समावेश छन्।
  • प्रतिवेदनमा राजनीतिक दलका घोषणापत्रका विषयवस्तु र चासोलाई विश्लेषण गरी सुधारका क्षेत्र पहिचान गरिएको छ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयको वेभपोर्टलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । 

जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरिएको थियो । 

समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । १ हजार ४९ पेजको प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डा. भीष्मप्रसाद भुसालले जानकारी दिए । 

समितिले विभिन्न राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेको विषयवस्तु, चासो एवं सरोकारहरूलाई पनि प्रतिवेदनमा विश्लेषण गरी सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरेको छ । प्रतिवेदनमा व्यवस्थापिका र न्याय प्रशासन सुधारको विषयमा समेत सुझावहरू दिइएको छ । 

यस्तो छ प्रतिवेदन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप