प्रतिनिधिसभा सदस्यलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
सारांश
- प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ।
- सचिवालयले सांसदहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार विवरण बुझाउन निर्देशन दिएको छ।
- नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए, जसको ६० दिनभित्र विवरण बुझाउनुपर्नेछ।
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको जानकारी दिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकायसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसको ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको प्रवक्ता गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण