जापानको नागोयामा चार दिने वृहत् घुम्ती शिविर सञ्चालन हुने
सारांश
- टोकियोस्थित नेपाली दूतावासले नागोयामा अप्रिल ४ देखि ७ सम्म घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
- शिविरमा राहदानी नवीकरण, नयाँ राहदानी आवेदन, र कागजात प्रमाणीकरण लगायतका सेवाहरू उपलब्ध हुनेछन्।
- सेवाग्राहीको चापलाई मध्यनजर गर्दै थप स्लटहरू खुला गरिनेछ र राहदानी घरमै पठाइने व्यवस्था मिलाइनेछ।
टोकियो । जापानको नागोया सहरमा रहेका नेपालीहरूका लागि लक्षित गर्दै नेपाली राजदूतावास टोकियोले वृहत् घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा आगामी अप्रिल ४ देखि ७ सम्म चार दिनसम्म यो शिविर सञ्चालन हुन लागेको हो।
शिविरमा विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण, बच्चाको नयाँ राहदानी आवेदन, यात्रा अनुमति पत्र, अधिकृत वारिसनामा र कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवाहरू प्रदान गरिनेछ। राहदानी नवीकरणका लागि सुरुमा छुट्याइएको १६०० स्लटहरू पूर्ण रूपमा बुकिङ भइसकेपछि दूतावासले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै थप स्लटहरू खुला गर्ने तयारी गरेको छ।
यस विशेष कार्यका लागि नेपालको राहदानी विभाग काठमाडौँबाट समेत दुई जना कर्मचारीहरू नागोया आउने कार्यक्रम तय भएको छ। शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी र अन्य कागजातहरू सिधै सेवाग्राहीको घरको ठेगानामा पठाइने व्यवस्था मिलाइएको छ।
राजदूतावासले यस घुम्ती शिविरका क्रममा नेपाल सरकारले तोकेको आधिकारिक राजस्व बाहेक अन्य कुनै पनि शुल्क कतै नबुझाउन सबैमा आग्रह गरेको छ। राजस्व रकम पनि सम्बन्धित स्थानमा मात्र बुझाउन विज्ञप्ति मार्फत सचेत गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण