लमजुङमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु
सोमबार, १६ चैत २०८२, १० : ०९
सारांश
- लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा चालक ताप्लेजुङका सुजन राईको मृत्यु भएको हो, उनी हाइड्रोपावरमा कार्यरत थिए।
- दुर्घटनामा दुई जना घाइते भएका छन्, र उनीहरूको अवस्था सामान्य रहेको छ।
पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो ।
दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा २ जना घाइते छन् । ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका हुन् । उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण