जलेर मृत्यु भएकी बुढामगरका आफन्तद्वारा निष्पक्ष छानबिनको माग
सारांश
- सिर्जना बुढामगरको जलेर मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरे ।
- प्रहरीले उद्धार गरेर अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरे ।
- घटना शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान थालेको छ ।
बाँके। नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढामगर (गीता) का आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।
आइतबार बिहान जलेको अवस्थामा सडकमा भेटिएकी २२ वर्षीया बुढामगरलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेकामा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले आज नेपालगन्जमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय गेटमा पुगेर धर्ना दिएका थिए ।
बुढामगरको शरीरमा आगो लगाएर जलाइएको भन्दै यस कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको धर्नामा सहभागी स्थानीय अगुवा अछरी पोखरेलले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिला आगो लगाएर जलेको भन्ने सूचनापछि निजलाई उद्धार गरेर अस्पताल पुर्याइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शङ्कास्पद देखिएकाले गम्भीरताका साथ अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण