निर्माण उद्योगको हितका लागि ऐन संशोधन र उपलब्धि संस्थागत गर्न अध्यक्ष सिंहको जोड
सारांश
- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हितका लागि ऐन कानुनमा संशोधनको आवश्यकता औंल्याए।
- उनले आफ्नो कार्यकालमा निर्माण व्यवसायीको हितमा काम गरेको दाबी गर्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन गराएको स्मरण गरे।
- सिंहले आगामी नेतृत्वलाई निर्माण क्षेत्रका जटिलता हटाउन र नयाँ सरकारसँग समन्वय गरी काम गर्न आग्रह गरे।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानुनमा आवश्यक संशोधन र हालसम्म प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। महासङ्घको आसन्न अधिवेशनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायलाई मर्यादित र सबल बनाउन नीतिगत सुधार नै मुख्य बाटो भएको बताएका हुन् ।
आफ्नो कार्यकालको समीक्षा गर्दै सिंहले २०७६ सालदेखि निर्माण व्यवसायीहरूको शिर ननिहुरिने गरी उद्योगको हितमा काम गरेको दाबी समेत गरे। विगतमा भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण सार्वजनिक खरिद नियमावलीमा पटक–पटक संशोधन गराउन सफल भएको र सरकारसँग महत्त्वपूर्ण सम्झौताहरू भएको उनले स्मरण गराए।
निर्माण व्यवसाय क्षेत्रमा रहेका प्राविधिक र नीतिगत जटिलताहरूलाई चिर्दै अगाडि बढ्न महासङ्घको आगामी नेतृत्व अझ सशक्त हुनुपर्ने उनको भनाइ छ। निर्माण उद्योगलाई सकारात्मक दिशामा लैजान र व्यवसायीहरूलाई उत्साहित बनाउन नयाँ सरकारसँगको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता रहेको उनले उल्लेख गरे।
अध्यक्ष सिंहका अनुसार विगतमा पटक–पटक नियमावली संशोधन भए पनि निर्माण उद्योगलाई पूर्ण रूपमा व्यवस्थित बनाउन आवश्यक पर्ने ऐनको संशोधन अझै बाँकी छ। विगतका संयुक्त सरकारहरूका कारण ऐन कानुन संशोधनमा पर्याप्त ध्यान पुग्न नसकेको बताउँदै उनले अब ती उपलब्धिहरूलाई संस्थागत गर्दै ऐन संशोधनतर्फ लाग्नुपर्ने बेला आएको बताए।
देशको फेरिएको राजनीतिक परिस्थिति र नयाँ सरकारको गठनले निर्माण व्यवसायीका मागहरू सम्बोधन हुनेमा उनले आशा व्यक्त गरे। लामो समयदेखि रोकिएका ऐन संशोधनका कामहरू अब नयाँ सरकारसँगको समन्वयमा अगाडि बढाउन सहज हुने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण