बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ हर्मुजमा शुल्क लगाउने इरानी योजना स्वीकृत

मङ्गलबार, १७ चैत २०८२, ११ : ०७
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • इरानको संसदीय समितिले हर्मुज स्ट्रेट भएर आउने जाने जहाजमाथि शुल्क लगाउने योजना स्वीकृत गरेको छ।
  • अमेरिका र इजरायलका जहाजहरूलाई सो स्ट्रेट भएर आवतजावत गर्न प्रतिबन्ध लगाइनेछ।
  • नयाँ शुल्क प्रणाली ओमानसँगको सहकार्यमा लागू गरिने र कच्चा तेलको आवागमन घटेको छ।

तेहरान । इरानको संसदीय समितिले स्ट्रेट अफ हर्मुज भएर आउने जाने जहाजमाथि शुल्क (टोल) लगाउने योजना स्वीकृत गरेको छ ।

 इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सम्बद्ध फार्स न्यूज एजेन्सीले यो जानकारी सार्वजनिक गरेको हो । अमेरिका र इजरायलका जहाजहरूलाई सो स्ट्रेट भएर आवतजावत गर्न प्रतिबन्ध लगाइने कुरा पनि राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यलाई उद्धृत गर्दै उक्त समाचारमा भनिएको छ । 

साथै इरानविरुद्धको प्रतिबन्धमा सहभागी अन्य देशहरूका जहाजहरूलाई पनि रोक लगाउने योजना रहेको बताइएको छ ।

एएफपीका अनुसार नयाँ शुल्क प्रणाली इरानी सरकारी टेलिभिजनमार्फत घोषणा गरिएको हो, जसलाई ओमानसँगको सहकार्यमा लागू गरिने भनिएको छ । 

विश्व बजारमा पुग्ने करिब २० प्रतिशत कच्चा तेल यही स्ट्रेट भएर बाहिरिन्छ । तर युद्ध सुरु भएयता जहाजको आवागमनमा ठूलो कमी आएको छ । समुद्री तथ्याङ्क विश्लेषण गर्ने कम्पनी केप्लरका अनुसार हाल आवागमन करिब ९५ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप