१३५० करोड कमाउँदै बलिउडको तेस्रो सफल फिल्म बन्यो ‘धुरन्धर–२’
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर: द रिभेन्ज' ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाउँदै सर्वाधिक कमाइ गर्ने तेस्रो बलिउड फिल्म बनेको छ।
- फिल्मले रिलिजको ११ दिनमै विश्वभर १३५० करोड भारु कमाएको छ भने भारतमा ८४६.८७ करोड रुपैयाँ सङ्कलन गरेको छ।
- निर्देशक आदित्य धर लगातार दुई फिल्मले १ हजार करोडभन्दा बढीको व्यापार गर्ने पहिलो बलिउड निर्देशक बनेका छन्।
मुम्बई । रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धरः द रिभेन्ज’ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ । यो फिल्म बलिउडको इतिहासमै सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ ।
भारतीय मिडियाका अनुसार फिल्मले ११ दिनको छोटो अवधिमै विश्वव्यापी रूपमा १३५० करोड (भारु) व्यापार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा मात्रै ८४६.८७ करोड रुपैयाँ सङ्कलन गरिसकेको छ ।
रिलिजको दोस्रो हप्तामा पनि फिल्मको रफ्तार घटेको छैन । मार्च २९ (दोस्रो आइतबार) फिल्मले ६८.१० करोड रुपैयाँ कमायो भने मार्च २८ (शनिबार) ६२.८५ करोड रुपैयाँ सङ्कलन गरेको थियो । यही गति कायम रहेमा यसले आफ्नै अघिल्लो भाग ‘धुरन्धर’ को १४२८ करोडको रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । हाल बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा आमिर खानको ‘दंगल’ पहिलो स्थानमा छ ।
फिल्मले ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को रेकर्डलाई उछिनिसकेको छ । यद्यपि, यो अझै पनि ‘पुष्पा २’ र ‘बाहुबली २’ भन्दा पछि छ । भारतीय बक्स अफिसको कुरा गर्दा ‘बाहुबली २’ १४२९ करोडका साथ पहिलो, ‘पुष्पा २’ दोस्रो र ‘धुरन्धर २’ तेस्रो स्थानमा रहेका छन् । ‘दंगल’ले विश्वव्यापी रूपमा धेरै कमाए पनि यसको घरेलु कलेक्सन ५११ करोड मात्र थियो, यसको ठुलो हिस्सा वैदेशिक बजारबाट आएको थियो ।
फिल्मको सफलताका कारण निर्देशक आदित्य धरको पनि एक रेकर्ड बनाउन सफल भएका छन् । उनी बलिउडका यस्ता एक्ला निर्देशक बनेका छन्, जसका लगातार दुई वटा फिल्मले १ हजार करोडभन्दा बढीको व्यापार गरेका छन् ।
उनीअघि दक्षिण भारतीय फिल्मका निर्देशक एसएस राजामौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ मार्फत यो सफलता हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण