मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मङ्गलबार, १७ चैत २०८२, १४ : २७
सारांश
- मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
- बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने बादल विकसित भएको छ।
- मौसम प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्ने बताइएको छ।
काठमाडौँ । देशका विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो २ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा पानी पार्ने बादल विकसित भएको छ ।
महाशाखाका अनुसार कास्की, लमजुङ, म्याग्दी, मनाङ लगायत आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । थप वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उक्त मौसमी प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्ने जनाइएको छ । जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सर्वसाधारणलाई आवश्यक तयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण