पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी
सारांश
- विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका कृषकलाई करिब ११ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
- उत्पादित सामग्री बिक्री नहुँदा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको आयोजनाले जनाएको छ।
- विराटनगरमा दुग्ध सङ्कलन घटेर दैनिक १० देखि ११ हजार लिटरमा सीमित भएको छ।
विराटनगर । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ ।
चालू आर्थिक वर्षको साउन मसान्तदेखि चैत्र मध्यसम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्तसम्मको बक्यौता रकम भने पूर्ण रूपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नवीन किशोर शर्माले जानकारी दिए ।
उनका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर दूध र ७० मेट्रिक टन मक्खन मौज्दात रहेकाले नगद प्रवाहमा समस्या देखिएको छ । उनले उत्पादित सामग्री बिक्री हुन नसक्दा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको जनाए ।
विराटनगरमा दुग्ध सङ्कलनमा समेत गिरावट आएको छ । पहिले दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन हुने गरेकोमा हाल घटेर १० देखि ११ हजार लिटरमा सीमित भएको आयोजनाले जनाएको छ । सङ्कलित दुधमध्ये करिब ५ हजार लिटर विभिन्न दुग्धजन्य सामग्री उत्पादनमा प्रयोग हुने र बाँकी दुधलाई पाउडर बनाएर भण्डारण गर्ने गरिएको छ ।
दुध सङ्कलन घटेपछि हाल हप्तामा दुई दिन मात्र पाउडर दुध उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । बजार व्यवस्थापन र बिक्री वृद्धि हुन नसक्दा मौज्दात बढ्दै गएको र त्यसले किसानको भुक्तानीमा प्रत्यक्ष असर परेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण