अमेरिकी कम्पनीहरूको सफ्टवेयरमा उत्तर कोरियाली ह्याकरहरूको हमला
सारांश
- उत्तर कोरियाली ह्याकरहरूले अमेरिकी कम्पनीहरूमा व्यापक प्रयोग हुने सफ्टवेयरमा बग छोडे।
- ह्याकरहरूले क्रिप्टो चोरी गरी उत्तरी कोरियाको वित्तीय स्रोत जुटाउने प्रयास गरेको बताइएको छ।
- यस हमलाबाट प्रभावित कम्पनीहरूले क्षति मूल्याङ्कन र नियन्त्रण फिर्ता ल्याउने प्रयास गरिरहेका छन्।
वासिङ्टन डीसी । उत्तर कोरियाका ह्याकरहरूले अमेरिकी कम्पनीहरूमा व्यापक प्रयोग हुने सफ्टवेयर प्याकेजमा बग छोडेको खबर आएको छ । आपूर्ति शृङ्खलामा भएको यो ठुलो हमला महिनौँसम्म असर देखाउने खालको भएको सुरक्षा विशेषज्ञहरूले बताएका छन् ।
यो हमला लामो अवधि चल्ने सम्भावित अभियानको हिस्सा भएको अनि यसको उद्देश्य क्रिप्टो चोरी गरेर उत्तरी कोरियाली शासनलाई वित्तीय स्रोत जुटाउनु भएको सीएनएनसँग कुरा गर्दै विशेषज्ञहरूले भनेका छन् । यस प्रकारको चोरीबाट जुटाइएको रकम प्रायः देशको न्यूक्लियर र क्षेप्यास्त्र कार्यक्रममा खर्च हुने गर्छ ।
मंगलबार बिहान तीन घण्टासम्म प्योङयाङसम्बद्ध ह्याकरहरूले खुला स्रोत सफ्टवेयर एक्सियोस व्यवस्थापन गर्ने विकासकर्ताको खाता नियन्त्रणमा लिएका थिए । ह्याकरहरूले यस पहुँचको प्रयोग गरेर सफ्टवेयर डाउनलोड गर्ने सबै संस्थामा हानिकारक अपडेट पठाएका थिए । यसपछि विकासकर्ता र देशभरिका साइबर सुरक्षा अधिकारीहरूले क्षति मूल्याङ्कन र नियन्त्रण फिर्ता ल्याउने प्रयास गरेका थिए ।
यस सफ्टवेयरलाई स्वास्थ्य, वित्त र अन्य विभिन्न क्षेत्रका कम्पनीहरूले आफ्ना वेबसाइटहरू बनाउन र व्यवस्थापन गर्न प्रयोग गर्छन् । केही क्रिप्टोकरेन्सी फर्म र प्रविधि कम्पनीहरूले पनि यस सफ्टवेयर प्रयोग गर्ने गरेका छन् ।
‘हामी अनुमान गर्छौं कि हाल प्राप्त प्रणाली पहुँच र प्रमाणपत्रहरू प्रयोग गरेर उनीहरूले क्रिप्टोकरेन्सी चोरीको प्रयास गर्नेछन् । यस अभियानको प्रभाव मूल्याङ्कन गर्न महिनौं लाग्ने सम्भावना छ,’ गुगलद्वारा सञ्चालित साइबर–जासुस कम्पनी म्यान्डियान्टका मुख्य प्रविधि अधिकारी चार्ल्स कारम्याकलले भने ।
बगका कारण करिब १२ कम्पनीका १३५ उपकरणहरू प्रभावित भएको सुरक्षा अनुसन्धाता जोन ह्यामन्डले भनेका छन् । तर यो केवल प्रारम्भिक विवरण भएको अनि पीडितहरूको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
यो उत्तर कोरियाले आपूर्ति शृङ्खलामा निशाना बनाउँदै गरेको ताजा हमला हो । तीन वर्षअघि उत्तरी कोरियाली ह्याकरहरूले स्वास्थ्य र होटल क्षेत्रका कम्पनीहरूले प्रयोग गर्ने अर्को लोकप्रिय सफ्टवेयरमा छेडखानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण