सेयर बजारमा ७४ अंकको पहिरो, २८०० भन्दा तल झर्यो नेप्से
सारांश
- बुधवार, नेप्से परिसूचक ७४.७३ अंकले घट्यो, जसले बजारलाई २७७६.३६ विन्दुमा पुर्यायो।
- बजारमा गिरावट आए पनि, ३४७ कम्पनीको १२ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
- सरकारको सम्पत्ति शुद्धीकरण कारबाही र पुँजी बजार सुधारको विषय कार्यसूचीमा नपरेकोले बजारमा नकारात्मक असर देखियो।
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ ।
बजारमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज दिनभर कूल ३४७ कम्पनीका ३ करोड २ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये मात्र १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा तीव्र गिरावट आए पनि केही कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, अपि पावर, ङादी ग्रुप पावर र शिवम सिमेन्टको पनि उल्लेख्य कारोबार भएको छ ।
सरकारले ल्याएको १०० बुँदे कार्यसूचीमा पुँजी बजार सुधारको विषय नपरेको बरु सरकारले सम्पत्ति शुद्धीकरण कारबाही अगाडि बढाएपछि यसले पुँजी बजारमा नकारात्मक असर परेको देखिएको छ ।
गत साता मात्रै सेयर बजार परिसूचक २९६० अंकसम्म पुगेको थियो । पछिल्लो ६ दिनको कारोबारमा बजारले करिब १८४ अंक गुमाइसकेको छ ।
बजार उच्च हुँदा २३ अर्बसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम घटेर १२ अर्बको हाराहारीमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण