अपडेट
ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद
बिहीबार, १९ चैत २०८२, ०९ : १८
सारांश
- ललितपुरको चाँगाथलीबाट प्रहरीले २१ जना जुवाडेलाई पक्राउ गरेको छ।
- सिन्धुपाल्चोकका दीपक बोहराले सञ्चालन गरेको भिल्लामा कौडी खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
- प्रहरीले जुवाखालबाट ९ लाख ७ हजार नगद बरामद गरेको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जुवा खालबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
ग्रिन सिटी भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले कौडा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति जुवाखालबाट पक्राउ परेका आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिहरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण