फोटो फिचर
फरक क्षमता भएका परीक्षार्थीको फरक दृश्य, अरूकै सहायतामा परीक्षा (तस्बिरहरू)
बिहीबार, १९ चैत २०८२, ०९ : २२
सारांश
- आजदेखि देशभर सुरु भएको एसईई परीक्षामा फरक क्षमता भएका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो।
- जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेका थिए।
- ह्वीलचेयर तथा सहयोगमा परीक्षा दिने विद्यार्थीहरूमा आलोक शाह, विनोद प्रसाद अधिकारी, अमर घले मगर र सुपन गुरुङ रहेका छन्।
काठमाडौँ । देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फरक क्षमता भएका परीक्षार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरू बिहानै आफ्नो परीक्षा केन्द्र चामुण्डा माविमा पुगेका थिए। केही विद्यार्थी ह्वीलचेयरमा आएका थिए भने केहीले अरूको सहायतामा परीक्षा दिएका छन्।
_1FNXfdS2mI.jpg)
ह्वीलचेयर तथा सहयोगमा परीक्षा दिनेहरूमा आलोक शाह, विनोद प्रसाद अधिकारी, अमर घले मगर र सुपन गुरुङ रहेका छन्।
_UcooXGyotd.jpg)
यस वर्ष खगेन्द्रका ४३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन्। प्रधानाध्यापक राघव प्रसाद दवाडीका अनुसार तीमध्ये ४ जना फरक क्षमता भएका विद्यार्थी छन्। उनीहरूका लागि कक्षाकोठा बाहिर विशेष व्यवस्था मिलाएर परीक्षा सञ्चालन गरिएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_5shCH96393.jpg)
_D57fNcHP0c.jpg)
_We4oLeYqC5.jpg)
_too5r78dge.jpg)
_6kJHHLP02k.jpg)
_N5xLS6XFy4.jpg)
_aWSCLlpWxk.jpg)
_MG7ucXJoGC.jpg)
_YH3wzHqStz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण