भरतपुर मालपोत कार्यालयबाट ६ बिचौलिया नियन्त्रणमा
सारांश
- चितवनको भरतपुर मालपोत कार्यालयबाट अनधिकृत रूपमा प्रवेश गर्ने ६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- कार्यालयले सेवाग्राहीलाई ठगी गर्ने कार्य बढेपछि अबदेखि आधिकारिक व्यक्ति र दर्ता भएका भू-सेवा सञ्चालकलाई मात्र प्रवेश अनुमति दिने निर्णय गरेको छ।
चितवन । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गर्ने ६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्क्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।
त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेस गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेस गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।
साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण