निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी
सारांश
- नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे ५ सय १४ मत प्राप्त गरी विजयी भएका छन् ।
- महासचिव पदमा ५ सय २७ मत ल्याएर शिवहरि घिमिरे निर्वाचित भएका छन् ।
- महासङ्घको विभिन्न प्रदेश उपाध्यक्ष र अन्य पदाधिकारीहरूमा नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे । कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।
नीतिगत उपमहासचिवमा मङ्गल शाही विजयी भए । आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण