न्याय पाउने पहिलो हक सहिदको आमाको हो : रवि लामिछाने
शुक्रबार, २० चैत २०८२, १४ : ०६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक सहिदका आमालाई रहेको बताएका छन्।
- उनले सहिद परिवार र घाइतेहरूलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक सहिदका आमालाई भएको बताएका छन् । संसद् भवन सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहिद परिवारलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए ।
‘न्याय पाउने हक पहिला सहिदको आमालाई छ । हतारो त आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । न्यायको हक सबैलाई छ । तर पहिलो हक सहिद परिवार, घाइतेहरूको हो’, उनले भने ।
प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्रीलाई पक्राउ गरेको विषयमा प्रश्न गर्दा रविले यस विषयमा आम नागरिकले नियालिरहेको बताए । ‘यस विषयमा आम नागरिकले नजिकबाट हेरिरहेका छन् । हामी पब्लिक अडिटमा छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण