कर्णालीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि
सुर्खेत । कर्णालीमा सन् २०२५ मा कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढेका छन् । मानवअधिकारवादी संस्था इन्सेकले शुक्रबार वीरेन्द्रनगरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएका हुन् ।
तथ्याङ्क अनुसार, २०२५ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ सय ९४ जना पीडित भएका छन्, जुन गत वर्षको तुलनामा बढी हो ।
अघिल्लो वर्ष ६ सय ८ वटा घटनामा ५ सय १५ महिला र ८१ पुरुष पीडित भएका थिए । यस वर्ष राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुषसहित ८५ जना र अन्य पक्षबाट ५ सय ३१ जना महिला र ७८ जना पुरुष गरी ६ सय ९ जना पीडित भए । सबै पक्षबाट पीडित हुनेको सङ्ख्या ६ सय ९४ रहेको छ ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार, यो वर्ष यस्ता घटनाबाट ८२ जना घाइते भएका छन् ।
बलात्कारका घटना पनि बढ्दो
इन्सेकले २०२५ मा कर्णालीमा बलात्कारका घटनाहरू पनि बढेको देखाएको छ । पाँच वर्षको अवधिमा बलात्कारका घटनाहरू २७ बाट बढेर ६४ पुगेको छ । २०२१ मा २७ वटा, २०२२ मा ३९ वटा घटना घटेका थिए भने २०२३ मा ५१ वटा घटना घटेका थिए । यस्तै २०२४ मा ६० वटा घटनाहरू घटेकोमा यो वर्ष बढेर ६४ पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण