लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु, १२ जना घाइते
शनिबार, २१ चैत २०८२, १८ : १०
पोखरा । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो ।
गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो, तीमध्ये २ जनाको मृत्यु भएको हो ।
बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण