हराइरहेका अमेरिकी सेना भएको ठाउँमा कम्तीमा चार जनाको मृत्यु
आइतबार, २२ चैत २०८२, १३ : ५३
सारांश
- इरानको कोहगिलुयेह र बोयर-अहमद प्रान्तमा भएको हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
- स्थानीय गभर्नरले उक्त घटनाका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्याएका छन्।
- हराइरहेका अमेरिकी सैनिक र उक्त आक्रमणबीचको सम्बन्धबारे अझै स्पष्ट हुन सकेको छैन।
तेहरान । अमेरिकी वायुसेना हराइरहेका सदस्य रहेको भनिएको क्षेत्रमा भएको हवाई आक्रमण कम्तीमा चार जनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तास्निम न्यूज एजेन्सीले इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बद्ध स्रोतलाई उद्धृत गर्दै दक्षिण–पश्चिमी कोहगिलुयेह र बोयर(अहमद प्रान्तको पहाडी क्षेत्रमा भएको आक्रमणमा सुरुआतमा तीन जनाको मृत्यु भएको भनिएको थियो ।
स्थानीय गभर्नरले उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेका थिए । पछि प्रान्तका उप–गभर्नर फत्ताह मोहम्मदीले स्थानीय मिडियासँग कुरा गर्दै मृतक संख्या बढेर चार पुगेको जानकारी दिए ।
यसैबीच, उक्त आक्रमण हराइरहेका अमेरिकी सैनिकको उद्धार अभियानसँग सम्बन्धित थियो वा थिएन भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण