शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सात वटा अमेरिकी सैन्य विमान नष्ट

आइतबार, २२ चैत २०८२, १४ : १५
आइतबार, २२ चैत २०८२

सारांश

  • पश्चिम एसियामा जारी युद्धका क्रममा हालसम्म कम्तीमा सात वटा अमेरिकी सैन्य विमान नष्ट भएका छन्।
  • हालै इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले खसालेको दाबी गरिएको लडाकु विमानको अवशेष सार्वजनिक भएको छ।
  • विभिन्न सैन्य घटना तथा दुर्घटनामा परी अमेरिकी हवाई बलका विमानहरूमा क्षति पुगेको हो।

काठमाडौँ ।  पश्चिम एसियामा जारी युद्धमा अमेरिकाले फेरि अर्को विमान गुमाएको छ । योसँगै यस युद्धका क्रममा कम्तीमा सात वटा अमेरिकी सैन्य विमान नष्ट भएको पुष्टि भएको छ । हालै इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले खसालेको भनिएको अमेरिकी लडाकु विमानको अवशेषसमेत सार्वजनिक गरिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा देखिएको भग्नावशेष अमेरिकी हवाई बलको एफ–१५ लडाकु विमानसँग मिल्दोजुल्दो देखिएको छ । हालैका दुई घटनामा एउटा एफ– १५ र अर्को ए–१० विमान नष्ट भएसँगै युद्धमा नष्ट भएका मानवसहितका अमेरिकी विमानको सङ्ख्या सात पुगेको हो ।

यस अघि मार्च २ मा कुवेतको हवाई रक्षा बलल् झुक्किएर गरेको प्रहारमा अमेरिकाको तीन वटा एफ–१५ लडाकु विमान खसालेका थिए । यस घटनामा विमानभित्र रहेका छ जना चालकदललाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले ती पाइलटहरू फेरि कारबाहीमा फर्किएको बताएका छन् ।

मार्च १२ मा केसी–१३५ लडाकु विमान दूघर्टनामा पर्दा अमेरिकी हवाई बलका ६ सदस्यको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त विमान शत्रु आक्रमणका कारण नभई अर्को विमानसँगको घटनामा संलग्न हुँदा दुर्घटना भएको बताएको थियो । यो घटना अपरेसन एपिक फ्युरीको क्रममा भएको थियो ।

मार्च २७मा अमेरिकी हवाई बलको ई –३ विमान ध्वस्त भयो । उक्त आक्रमणमा कम्तीमा १० जना अमेरिकी सैनिक घाइते भएका पनि मृत्युको खबर आएन । यसका बाहेक यूएस एफ–३५ फाइटर जेटलाई पनि इरानी आक्रमणको आशङ्का गरिएको क्षति पछि मध्यपूर्वस्थित अमेरिकी एयर बेसमा आपतकालीन अवतरण गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप