गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन : मनाङ उत्कृष्ट, काठमाडौँ सबैभन्दा कमजोर
सारांश
- गृह मन्त्रालयको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट ठहरिएको छ।
- काठमाडौँ जिल्ला प्रशासन कार्यालय सबैभन्दा कमजोर प्रदर्शन गर्दै सूचीको अन्तिममा परेको छ।
काठमाडौँ । गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट देखिएको छ । गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५ ल्याएको हो । मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन् ।
मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौँ जिल्ला प्रशासन कार्यालय देखिएको छ । काठमाडौँले त्यही पूर्णाङ्कमा सबैभन्दा कम ३ अङ्क मात्रै ल्याउन सकेको छ । काठमाडौँमा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याल कार्यरत छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा १९.३७५ अंकसहित नुवाकोट दोस्रो, १९.२५ अंकसहित डोटी तेस्रो र १९.२५ अङ्क नै ल्याएको पर्वत चौथो उत्कृष्ट देखिएका छन् ।
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ । महाशाखा प्रमुख सुरेश पन्थीले आफूहरूले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’हरू बनाएको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरूको नम्बर दिएर अङ्क प्रदान गरिने बताए ।
यस्तो छ ७७ जिल्लाले दोस्रो त्रैमासिकमा कार्यसम्पादन मूल्याङ्कनमा पाएको नम्बर:



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण