सिटीपे र छिटो पैसाबिच ऐतिहासिक मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात
सारांश
- नेपालको फिनटेक क्षेत्रलाई सबल बनाउन सिटीपे र छिटो पैसा प्रा. लि. बिचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
- आगामी वैशाख २ गते देखि छिटो पैसाका सम्पूर्ण सेवाग्राही सिटीपेको डिजिटल इकोसिस्टममा समाहित हुनेछन्।
- यो मर्जरले पठाओ राइडरहरूलाई 'अल-इन-वन' भुक्तानी सुविधाका साथै विशेष क्यासब्याक र लोयल्टी रिवार्ड प्रदान गर्नेछ।
काठमाडौँ । नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दुई संस्थाबीचको यो एकतासँगै आगामी वैशाख २ गतेलाई 'प्रपोज्ड माइग्रेसन डेट' तय गरिएको छ, जसले नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
यस मर्जर पश्चात् छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू सिटीपेको अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछन् । विशेष गरी पठाओ लगायतका राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोहरूका लागि यो मर्जर एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने देखिएको छ । अब राइडरहरूले विभिन्न वालेटहरू प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउँदै सिटीपे मार्फत 'अल-इन-वन' भुक्तानी समाधान प्राप्त गर्नेछन् ।
सिटीपेमा आबद्ध भएपछि राइडरहरूले पठाओको बक्यौता र जरिवाना सिधै एपबाट तुरुन्तै भुक्तानी गरी आफ्नो एकाउन्टलाई सधैँ सक्रिय राख्न सक्नेछन् । साथै, उनीहरूका लागि विशेष क्यासब्याक अफर र लोयल्टी रिवार्डहरूको समेत व्यवस्था गरिएको छ, जसले गर्दा समयको बचत हुनुका साथै दैनिक कारोबार अझ सहज र लाभदायी बन्नेछ ।
फिनटेक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको सिटीपेले नेपालभरका लाखौँ मर्चेन्टहरूमा फोनपे, नेपालपे र स्मार्ट क्यूआरमार्फत सहज भुक्तानीको सुविधा प्रदान गर्दै आएको छ । यसका साथै प्रयोगकर्ताहरूले घरमै बसी आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ जहाज र बसको टिकट बुकिङ गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त यो वालेटले राजस्व, ट्राफिक फाइन र अन्य सरकारी करहरू सिधै भुक्तानी गर्ने सुविधा समेत प्रदान गर्दै आएको छ, जुन उच्च स्तरको इन्क्रिप्शन प्रविधिद्वारा सुरक्षित छ ।
मर्जरका सम्बन्धमा खुसी व्यक्त गर्दै सिटीपे वालेटका सीईओ विनय रेग्मीले छिटो पैसाका हरेक ग्राहक र विशेष गरी सडकमा पसिना बगाउने राइडर हिरोहरूलाई सिटीपेको परिवारमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण