सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्दै शिवराज भट्ट
सारांश
- नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।
- मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ।
- बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न विक्रम सिंह धामीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले पाउने भएका छन् ।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
भट्ट बैतडीको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्री भट्टको शपथ ग्रहण आजै साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ ।
यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह र सुझाव सङ्कलन गर्न तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा प्रदेश सभा सदस्यहरू गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।
यो समितिले प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माणका लागि सरकारलाई सुझाव पेस गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण