मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
सोमबार, २३ चैत २०८२, १७ : ५३
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको हाे ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,” उनले भने ।
हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पु-याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण