स्थानीय तहमा नखटिने कर्मचारीलाई कारबाही गर्ने चेतावनी
सारांश
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका कर्मचारीहरूलाई समयमै कार्यक्षेत्रमा हाजिर हुन कडा निर्देशन दिएको छ।
- प्रमुख प्रशासकीय अधिकृतहरू अनुपस्थित रहँदा सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ।
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरू समयमै कार्यक्षेत्रमा हाजिर नभएको भन्दै कडा निर्देशन जारी गरेको छ।
मन्त्रालयले आज एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै खटाइएका ठाउँमा नजाने र नियमित उपस्थित नहुने कर्मचारीहरूलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो। स्थानीय तहहरूबाट प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण सेवा प्रवाहमा गम्भीर असर परेको निरन्तर गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्रालयका अनुसार विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू नियमित उपस्थित नहुने र सरुवा वा पदस्थापन भएका कर्मचारीहरू पनि समयमै हाजिर नहुँदा सर्वसाधारणले पाउनुपर्ने सेवा प्रभावित भएको छ। यसले स्थानीय सरकारको दैनिक कार्यसम्पादनमा समेत बाधा पुगेको मन्त्रालयको ठहर छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) को व्यवस्थालाई स्मरण गराउँदै मन्त्रालयले खटाइएका कर्मचारीहरूलाई यथाशीघ्र सम्बन्धित स्थानीय तहमा हाजिर भई कामकाज गर्न निर्देशन दिएको छ। ‘निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बेहोरा जानकारी गराइन्छ,’ उक्त सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण